किसानको आर्थिक स्तर उठाउनु गाँजा खेती गर्न दिनुपर्ने नेकपा सांसदको प्रस्तावमा सरकार असन्तुष्ट

माघ १७ काठमाडौँ । सांसदहरूले प्रतिनिधिसभामा गाँजा र भाङको खेती खुला गर्नुपर्ने जरुरी सार्वजनिक महत्त्वको प्रस्तावलाई लिएर सरकारले असन्तुष्टि जनाएको छ । नेपालले लागूऔषध नियन्त्रण सम्बन्धी विभिन्‌न अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा हस्ताक्षर गरेको अवस्थामा गाँजा र भाङजस्ता लागू औषधको खेती गर्न दिनुपर्ने भनी सत्तारुढ दलकै सांसदले प्रस्ताव ल्याएकोमा सरकारका र गृह मन्त्रालयका प्रवक्ताले असन्तुष्टि व्यक्त गरेका हुन् ।

मन्त्री गोकुल बाँस्कोटा र सांसद विरोध खतिवडा

सत्तारुढ नेकपाका सांसद विरोध खतिवडा प्रस्तावक रहेको गाँजा(भाङ खेती गर्न दिने व्यवस्था गर्न माग गरिएको विशेष सार्वजनिक महत्त्वको प्रस्तावको पूर्वसभामुख ओनसरी घर्ती, पूर्वगृहमन्त्री जनार्दन शर्मा, नेपाल प्रहरीका पूर्व डिआईजीसमेत रहेका सांसदनवराज सिलवाल, पम्फा भुसाल, घनश्याम खतिवडा,जयपुरी घर्ती, धर्मशीला चापागाईं, नारदमुनी राना, गणेशसिंह ठगुन्ना, झपट रावल, छक्कबहादुर लामा, जीवनराम श्रेष्ठ, पूर्णकुमारी सुवेदी, देवेन्द्र पौडेल, भूमिप्रसाद त्रिपाठी, जीवनराम श्रेष्ठलगायत ४५ जना सांसदले समर्थन गरेका छन्। आजको कान्तिपुर दैनिकमा खवर छ ।

प्रकाशित मिति १७ माघ २०७६, शुक्रबार ०२:०३