माघ १७, काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ ।
शुक्रबार काठमाडौंमा सुरु बैठकमा अध्यक्ष कमल थापाले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धी प्रतिवेदन पेश गरे । प्रतिवेदनमा थापाले नेकपा र कांग्रेसप्रति आक्रोस पोखेका छन् ।
उनले कांग्रेस र कम्यनिस्टबाट मुलुकलाई धोका भएको पनि आरोप लगाए । र विकल्प खोज्न पनि उनको आग्रह छ । सरकार पूर्ण रुपमा असफल भएको र संस्थागत भ्रष्टाचार बढेको आरोप थापाको छ । साथै धर्म परिवर्तन, बेरोजगारी समस्या, नीतिगत भ्रष्टाचार बढेको जस्ता आरोप प्रतिवेदनमा उल्लेख छ ।साभार : अन्नपूर्ण पोस्टबाट
प्रकाशित मिति १७ माघ २०७६, शुक्रबार ०८:४२