पर्वत : हतियार र लागू औषध सहित एक व्यक्ति पक्राउ

माघ १७, पर्वत । पर्वतको झिल्लीब¥याङबाट हतियार र लागु औषध सहित एक व्यक्ति पक्राउ परेका छन् । मोदी गाउँपालिका–१ भुकताङ्गले झिल्लीब¥याङबाट एक नाले बन्दुक र लागुऔषध सहित सोही ठाउँका ३० बर्षिय मुक्तबहादुर आले मगरलाई प्रहरीले पक्राउ गरेको हो । आगु औषध बिक्री बितरण गदै आएको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले उनको घर कोठा खानतलासी गर्ने क्रममा बोरा भित्र लुकाई राखेको अवस्थामा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मगरवाट गाँजा जस्तो देखिने खैरो पदार्थ १ किलो ३ सय ग्राम,चरेश जस्तो देखिने खैरो पदार्थ ५० ग्राम र १२ बोरको एकनाले बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक विकास थापाले जानकारी दिनुभयो । पक्राउ परेका व्यक्तिलाई आजकै मितिदेखी लागु हुने गरि अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरी निरिक्षक थापाले बताउनु भयो ।

प्रकाशित मिति १७ माघ २०७६, शुक्रबार ११:५७