प्रहरीको सफलता : दुई महिनादेखी हराएका बालक आफन्तको जिम्मा

माघ १७, पर्वत । विगत दुई महिना देखी हराएका पर्वतका दुई बालक फेला परेका छन् । पर्वतको कुश्मा नगरपालिका–११ पकुवा बस्ने ४९ बर्षय बिलबहादुर दमाईका छोरा राजन परियार र नाताले भाई पर्ने प्रेम परियार गत पुष २७ गते देखी सम्पर्क बिहीन थिए । खोजतलास तथा अनुसन्धान गर्ने क्रममा सिराहा मिर्चैया नगरपालिका–७ घर भएका चन्द्र भुषण साहको बैंक खातामा २५ हजार पठाएको देखिएको थियो ।

शाहलाई जिल्ला प्रहरी कार्यालय पर्वतमा बोलाएर सोधपुछ गर्दा उनको खाता र एटिएम सिराह राजपुर गाविस –९ बस्ने फुलकुमार यादवले झुक्यानमा पारी प्रयोग गरेको र यादवले हराएको बालकहरुलाई फोन गरि १० लाखको चिठ्ठा परेको छ भन्दै उक्त रकम पाउनको लागि कर स्वरुप २५ हजार पठाईदिन आग्रह गरेका थिए । उक्त रकम निज बालकहरु मार्फत पठाईदिएको खुल्न आएको छ । बालकको खोजतलास गर्ने क्रममा माघ ३ गते पोखरा बैदामवाट उद्दार गरी अभिभावकको जिम्मा लगाएको पर्वत प्रहरीले जनाएको छ ।

चन्द्र भुषण साहको आफन्तले फिर्ता पठाएको २५ हजार रुपैयाँ बिल बहादुर दमाईलाइ बुझाएको प्रहरीको भनाई छ । निज फुल कुमार यादवको खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति १७ माघ २०७६, शुक्रबार १२:४७