परीक्षाको मुखमा महोत्सव गर्न एक साता विद्यालय बन्द

माघ १७, गुल्मी । माघ र फागुन शैक्षिक सत्रको महत्वपूर्ण महिना हो । वार्षिक परीक्षा नजिकिँदै गर्दा यी महिनामा विद्यार्थीले बढी मात्रामा पढ्ने गर्दछन् । तर, गुल्मीको मुसिकोट नगरपालिका(७ वामीको महेन्द्र आर्दश मावि एक हप्ताका लागि बन्द गरिएको छ( त्यो पनि महोत्सवका लागि । उक्त विद्यालय नगरको सबैभन्दा ठूलो र महत्वपूर्ण शिक्षालय हो । गत १५ माघदेखि प्रथम गुल्मी मुसिकोट पर्यटन, साँस्कृतिक, औद्योकि तथा व्यापार महोत्सव संचालन भएसँगै विद्यालय बन्द भएको हो ।

विद्यालयका प्रध्यानाध्यापक बुद्धि प्रसाद सापकोटाले आफू बन्द गर्ने पक्षमा नभए पनि चौतर्फी दबावका कारण यस्तो निर्णय गर्नु पर्ने बताए । विद्यालयमा यस वर्षदेखि प्राविधिक शिक्षासमेत सुरु भएको छ । महोत्सवका कारण ४२ जना सिभिल इन्जिनियरिङ्गसहित नौ सय विद्यार्थीको पढाइ प्रभावित भएको छ । ‘अहिले होस्टेलका विद्यार्थीहरू अध्ययनमा रहेका छन्, तर कम्पाउण्डमा खेल भइरहेको छ,’ उनले भने, ‘सोच्नेले विचार नपुर्‍याएपछि मैले के गर्ने रु’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा मुसिकोट नगरपालिका(७ का वडाध्यक्ष प्रकाश काफ्लेले समुदायले आयोजना गरेको महोत्सवसँग विद्यालय पनि जोडिएपछि बन्द गर्ने निर्णय भएको बताए । उनले विद्यालय संचालन भए पनि महोत्सव स्थल विद्यालयको नजिक भएकाले बिदा गर्नुको विकल्प नभएको बताए । विद्यालयको नजिक महोत्सव स्थल छनौट हुनु नै विद्यार्थीको हितविपरीत छ ।

महोत्सव मुल आयोजक समिति संयोजक तथा मुसिकोट उद्योग वाणिज्य संघका अध्यक्ष सुर्दशन शाक्यले सर्वपक्षीय निर्णयले विद्यालय बन्द गरेको बताए । ुमहोत्सव स्थल वामीकै रुद्रावती क्याम्पस र महेन्द्र आदर्श मावि नजिक राख्ने विषयमा आयोजकमध्ये विवाद थियो । तर बजारकै केही व्यक्तिको दबावमा बिद्यालयको पढाइ प्रभावित हुने गरी महोत्सव संचालन गरिएको हो,ु आयोजकमध्येका एक सदस्यले भने ।

मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले आफूहरुले माघ १५ गते मात्रै सार्वजनिक बिदा दिएको बताए । महोत्सवको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले उद्घाटन गरेका थिए । महोत्सव २७ माघसम्म संचालन हुनेछ । महोत्सवमा ७० हजार दर्शकले अवलोकन गर्ने तथा पाँच करोडको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ । महोत्सवमा ९५ लाख आम्दानी हुने तथा ७० लाख खर्च हुने अनुमान आयोजकले गरेको छ । २५ निशुल्क र एक सय २५ वटा व्यवसायिक गरी एक सय ५० स्टल राखिएको स्टल व्यवस्थापन उपसमिति संयोजक सुन्दर प्रधानले बताए । साभार नयाँ पत्रिकावाट

प्रकाशित मिति १७ माघ २०७६, शुक्रबार १३:१५