प्रधानामन्त्रीका सल्लाहकार सूर्य थापाले भने– ‘प्रचण्डले गुट चलाए’

माघ १७, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले पार्टीमा गुटबन्दी झाङ्गिएको भन्दै आपत्ति प्रकट गरेका छन् । गत बुधबारदेखि जारी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक समुह छलफलको क्रममा अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि शुक्रबार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई २९ बुँदे लिखित सुझाव पेश गर्दै उनले आपत्ति जनाएका हुन् ।

‘पार्टीमा गुटबन्दी फस्टाएको, अनुशासनहीनता, अराजकता प्रदर्शन र स्वार्थ प्रेरित बैठकहरु किन भएका छन् रु’ थापाले २३ पुसमा बामदेव गौतम निवास भैँसेपाटीमा प्रचण्डले गरेको भेलाप्रति सङ्केत गर्दै भनेका छन्, ‘भैँसेपाटी, खुमलटार वा अन्यत्र यस्ता बैठक किन भइरहेका छन् रु मूल नेतृत्वलाई घेराबन्दी र असफल पार्ने गरी अनुचित क्रियाकलापहरू गरिनु हुँदैन ।’ साभार : नयाँ पत्रिकावाट

प्रकाशित मिति १७ माघ २०७६, शुक्रबार १६:११