६६ वर्षीय वृद्धा बलात्कृत

माघ १७, काठमाडौँ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा ६६ वर्षीय वृद्धा महिला बलात्कृत भएकी छन् । घटना ८ माघमा भए पनि पीडित महिलाले शुक्रबार मात्रै जिल्ला प्रहरी कार्यालय नवलपुरमा जाहेरी दिएकी हुन् ।

हुप्सेकोट २ कालिया निवासी ५५ वर्षीय लक्ष्मण कार्कीले घरमा कोही नभएको बेला चुरोट खाने भन्दै वृद्धालाई बलात्कार गरेको स्थानीय नवराज सोमैले जानकारी दिए । घटनाबारे न्यायीक समितिका सदस्य शिव ढकालले मुद्दा नहेर्ने भनेपछि प्रहरीमा उजुरी गर्न ढिलो भएको स्थानीयले बताएका छन् ।

पीडकको खोजी कार्य भइरहेको नवलपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति १७ माघ २०७६, शुक्रबार १६:२६