स्ववियु निर्वाचन : ग्रामिण क्याम्पसको सभापतिमा महेश पौडेलको उम्मेदवारी

काठमाडौँ : यति बेला त्रिभुवन विश्व विद्यालय मातहतका क्याम्पसमा स्ववियु निर्वाचन हुने मिति त्रिविले घोषणा गरे पछि क्याम्पसहरुको माहोल तातेको छ । विद्यार्थी नेताहरु निर्वाचनको टिकट आफ्नो पक्षमा पार्नको लागि दौडधुपमा रहेका छन भने कतिपय विद्यार्थी नेताहरु भोटमाग्नलाई समेत व्यस्त भैसकेका देखिन्छन । कतिपय क्याम्पसहरुमा २०७३ फाल्गुनमा निर्वाचन भए पनि धेरै आंगिक तथा सम्वन्धन प्राप्त क्याम्पसहरुमा सो समयमा निर्वाचन हुन सकेको थिएन । विद्यार्थीको समस्या र हकहितको लागि प्रत्यक्ष सरोकार राख्ने संस्थाको निर्वाचन लामो समय देखी नहुदा अहिले तोकिएको मितिमा पनि निर्वाचन हुनेमा धेरैको शंका छ । तर धेरै विद्यार्थी नेताहरु तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु पर्ने आवाज उठाउँदै चुनावी माहोलमा होमीई सकेको पाईन्छ ।अघिल्ला वर्षहरु विशेष गरि ३ विद्यार्थी संगठन बिच हुने प्रतिस्पर्धा यस पटक भने २ विद्यार्थी संगठन बिच मात्रै हुने भए पछि झन यसले धेरैको ध्यान समेत खिचेको छ । दुई ठुला कम्युनिष्ट पार्टी एक भएर नेकपा गठन भईसकेको अबस्थामा यस पटक कांग्रेस निकट नेविसंघ र नेकपा निकट अनेरास्ववियु बिच नै प्रस्तीस्पर्धा हुनेछ । स्ववियु निर्वाचनलाई राजनितिक दलहरुले प्रतिष्ठाको लडाईको रुपमा समेत हेर्ने गरेका छन् ।

किन उम्मेदवारी दिँदै छन् भुषाल <

काठमाडौको तारकेश्वर नगरपालिका वडा नं ११ नेपालटारमा अबस्थित ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा पनि चुनावी रौनक राम्रैसंग छाएको देखिन्छ । फाल्गुन १४ गते हुन लागेको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको तर्फबाट सभापतिमा महेश पौडेलले आफ्नो दावेदारी प्रस्तुत गरेका छन । नेविसंघ पर्वतका लोकप्रिय नेता   समेत रहेका पौडेल  लामो समयदेखि ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा नेविसंघको राजनितिमा सक्रिय छन । पर्वत जिल्ला फलेवास  नगरपालिका  को माद्यामिक तहबाट नेविसंघको राजनैतिक यात्रा सुरु गरेका हुन ।

 पौडेल ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा विद्यार्थी माझ लोकप्रिय नेताको रुपमा चिनिन्छन । विद्यार्थीहरुका हरेक समस्यासंग परिचित भई सो समस्या हल गर्न सधै लागि परेको कारण नै उनलाई विद्यार्थीहरुले रुचाएको पाईन्छ । पौडेलको पक्षमा माहोल बढ्दै जाँदा धेरै विद्याथीहरु उनको पक्षमा देखिन्छन । साथै पौडेल निर्विकल्प उमेद्धारको रुपमा रहेको समेत त्यहाँ अध्ययानरत विद्यार्थीहरु बताउछन । नेविसंघ पर्वत काठमाडौँ सम्पर्क समितिका सह सचीव  समेत रहेका पौडेल , शालिन र क्षमतावान विद्यार्थी नेताका रुपमा आफुलाई स्थापित गर्न सफल भएका छन ।

प्रकाशित मिति १७ माघ २०७६, शुक्रबार १७:२२