नेकपामा भैंसेपाटीको असर : अल्पमतमा पर्‍यो ओली समूह !

माघ १७ काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को केन्द्रीय कमिटी बैठक बुधबारदेखि राजधानीमा जारी छ । चालु बैठकले ‘पूर्वमाओवादी’ र ‘पूर्वएमाले’ नामका दुई मुख्य गुटहरुलाई तीन कित्तामा बाँडेर ‘सिमेन्टेड’ गरिदिएको छ ।

नेकपाभित्र अब ‘पूर्वमाओवादी’ र ‘पूर्वएमाले’ समूह भन्ने रहेनन् । केन्द्रीय कमिटीको नयाँ समीकरण हेर्दा अब पार्टीभित्र प्रचण्ड समूह, ओली समूह र माधव समूह गरी तीनवटा बलिया गुटहरु संस्थागत बनेका छन् । र, प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तुष्ट देखिएका प्रचण्ड–माधव समूहवीच अघोषित कार्यगत एकता भएपछि ओली समूह ३२ प्रतिशतमा खुम्चिएर अल्पमतमा परेको छ ।

पूर्वएमालेभित्रै मनमुटाव बढेका कारण केन्द्रीय कमिटीमा ओली समूह अल्पमतमा परेको हो । संख्याको हिसाबले प्रचण्ड समूह सबैभन्दा ठूलो देखिएको छ । ओली समूह दोस्रो र माधव नेपाल समूह तेस्रो स्थानमा देखिएका छन् । माधव र प्रचण्ड समूहवीच निकटता बढेका कारण केन्द्रीय कमिटीमा यी दुई समूहले प्रचण्ड बहुमत बनाएका छन् ।

हुन त नेकपाभित्र वामदेव गुट र बादल गुट पनि अस्थित्वमा नआएका होइनन् । तर, अहिले यी पूर्वसमूहहरु माधव नेपाल र प्रचण्डसमूहको उपग्रहका रुपमा फन्को मार्ने अवस्थामा मात्र छन् ।

विशेष गरी स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा अघिल्लो महिना वामदेव निवास भैंसेपाटीमा बसेको माधव–प्रचण्ड गुटको अनौपचारिक भेलापछि नेकपाको समीकरण बदलिएको हो । भैंसेपाटीबाटै शीर्षनेताहरु प्रचण्ड, माधव, झलनाथ र वामदेव एक भएका हुन् । भैंसेपाटी भेलाअघिसम्म प्रचण्ड केपी ओलीसँग नजिक थिए ।

भैंसेपाटीको साँठगाँठपछि सचिवालयका ९ नेताहरुमध्ये केपी ओली पक्षमा तीनजना र प्रचण्ड–माधव पक्षमा ६ जना उभिएका छन् । ४४ सदस्यीय स्थायी कमिटी ९अग्नि सापकोटा बाहेक० मा पनि प्रचण्डको पक्षमा १८, माधवसँग १२ र केपी ओलीसँग १४ सदस्य छन् । स्थायी कमिटीमा प्रचण्ड–माधवको मत जोड्दा ३० पुग्छ, जुन अत्यधीक बहुमत हो ।

नेकपाको बैठक चलिरहँदा हामीले केन्द्रीय कमिटीभित्र केपी, प्रचण्ड र माधव नेपालको शक्ति कति छ भनेर आँकलन गर्ने प्रयास गरेका छौं । विभिन्न समूहका नेताहरुलाई भेटेर हामीले को नेता कुन गुटमा छन् भनी पर्गेल्ने प्रयास गर्‍यौं । र, त्यसैको निश्कर्ष यहाँ प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

केन्द्रीय कमिटीको वास्तविक संख्या कति हो ?

नेकपाको केन्द्रीय समितिमा विधानतः कुल केन्द्रीय सदस्यहरुको संख्या ४४१ हो । यसमा ५ जना पदेन सदस्य र ३ जना आमन्त्रित सदस्यहरु थप्दा केन्द्रीय कमिटीको संख्या ४४९ हुन जान्छ । तर, यसमध्ये रविन्द्र अधिकारी र धनीराम पौडेल दुई नेताको निधन भएको छ । अन्य ६ जना संवैधानिक जिम्मेवारीका कारण पार्टी कमिटीबाट बाहिरिएका छन् । यसर्थ, ४४९ मा ८ घटाउँदा ४४१ हुन आउँछ ।

तर, पछिल्लो समय पूर्वमाओवादीबाट आएका चारजना र पूर्वएमालेबाट शिवमाया तुम्बाहाङफेसहित पाँचजना केन्द्रीय सदस्य थपिएका छन् । नेकपा महासचिव विष्णु पौडेलका अनुसार पार्टीको यो दोस्रो बैठकमा सहभागिता जनाउने सदस्यहरुको कुल संख्या ९पदेन र आमन्त्रित समेत० ४४६ जना रहेको छ ।

धर्मनाथ यादव र तिलक परियार प्रदेश प्रमुख भएकाले बैठकमा भाग लिँँदैनन् । बंशीधर मिश्र राजदूत भएका छन् । केन्द्रीय सदस्य समिम मिया अन्सारी मुस्लिम आयोगको प्रमुख बनेका छन् भने विष्णुप्रसाद चौधरी थारु आयोगमा गएका छन् । अग्निप्रसाद सापकोटा सभामुख बनेकाले पार्टीको बैठकमा सहभागी छैनन् ।

गत भदौ ९ गतेको बैठकले पूर्वमाओवादीका पदम राई, किरण राई, देवेन्द्र पराजुली र कल्पना धमलालाई केन्द्रीय समितिमा मनोनित गरेको थियो । अध्यक्ष ओलीले थप ४ जनाको नाम प्रस्ताव गरेका थिए । तर माधव नेपालको असहमतिका कारण पूर्वएमालेबाट प्रस्तावित नाम केन्द्रीय कमिटीमा परेनन् । मंगलबारको सचिवालयले बैठकले निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय कमिटीमा ल्याएको छ ।

बैठकमा भाग लिन पाउने आमन्त्रित केन्द्रीय सदस्यहरुमा पेशल खतिवडा, टंक राई र निर्मला देवकोटा छन् भने पदेन सदस्यहरुमा अमृत बोहोरा, केशब बडाल, पुष्प कँडेल, विष्णुपुकार श्रेष्ठ र नन्दकुमार प्रसाईं छन् ।

पूर्वसभामुख कृष्णबहादुर महराले सभामुख हुँदाखेरि तत्कालीन माओवादीको केन्द्रीय कमिटीबाट राजीनामा दिएका थिए । उनी पार्टीमा पुनस्र्थापित नहुँदै जेल परेका छन् ।

केन्द्रीय कमिटीको बैठकमा समूहगत छलफलका लागि १५ वटा समूह विभाजन गरिएको छ । १४ वटा समूहमा २९र२९ जनालाई राखिएको छ भने एउटा समूहमा ३१ जना सदस्यहरुलाई राखिएको छ । यस आधारमा केन्द्रीय सदस्यहरुको यकिन संख्या ४३७ हुन आउँछ । र, यसमा सचिवालयका ९ जना शीर्षनेताहरुलाई जोड्ने हो भने ४४६ पुग्छ ।

प्रचण्ड, ओली र माधव गुटमा कतिजना नेताहरु छन् भनेर गरिएको अध्ययनमा हामीले सचिवालयका नेताहरुलाई समावेश नगरी ४३७ संख्यालाई आधार मानेका छौं ।

प्रचण्ड पहिलो, ओली दोस्रो, माधव तेस्रो

केन्द्रीय कमिटीमा नेकपाका प्रमुख तीन गुटहरुमध्ये प्रचण्ड समूह सबैभन्दा बलियो देखिएको छ । पूर्वमाओवादी समूहलाई प्रचण्ड समूह मानेर विश्लेषण गर्दा यस समूहमा १८३ जना छन् । यो भनेको कुल केन्द्रीय सदस्य संख्याको लगभग ४२ प्रतिशत हो ।

त्यसैगरी केपी ओली समूहको संख्या केन्द्रीय समितिमा १४० देखिएको छ । यो संख्या कुल केन्द्रीय सदस्यमध्ये ३२ प्रतिशत हो ।

केन्द्रीय कमिटीमा माधव नेपाल समूहको उपस्थित २६ प्रतिशत अर्थात ११४ जना रहेको छ । गुटगत हिसाबले माधव समूह तेस्रो स्थानमा छ । पछिल्लो समय उसले आफ्नो स्थिति बलियो बनाउँदै लगेको छ । ओलीतिर नजिक बनेका मुकुन्द न्यौपानेहरु माधव पक्षका भेलाहरुमा सहभागी हुन थालेका छन् । त्यसैगरी वामदेव समूहमा रहेका केही नेताहरु स्वयं वामदेवसँगै रुष्ट हुँदाहुँदै पनि माधव नेपालतिर ढल्किएका छन् ।

केन्द्रीय कमिटीमा माधव नेपाल र प्रचण्ड समूह आपसमा मिल्दाखेरि ५८ प्रतिशत पुग्छ । कुल ४३७ केन्द्रीय सदस्य मध्ये प्रचण्ड समूह र माधव नेपाल समूहलाई जोड्दा २९७ पुग्छ । जबकि ओलीको पक्षमा १४० मात्र छन् ।

जारी केन्द्रीय कमिटी बैठकमा एमसीसी, यती प्रकरण, सरकारको मूल्यांकन लगायतका मुद्दामा प्रचण्ड समूह र माधन नेपाल समूहका नेताहरु एकमुख देखिएका छन् । भलै केन्द्रीय कमिटीमा एमसीसी आदिबारे भोटिङ नहुने भएकाले अल्पमतमै परे पनि केही फरक नगर्ने भन्दै ओली पक्षका नेताहरु ढुक्क देखिएका छन् ।

पार्टी एकतादेखि नै नेकपामाभित्र त्रिकोणात्मक अन्तरसंघर्ष चल्दै आइरहेको थियो । कहिले प्रचण्ड र ओली समूह मिलेर माधव नेपाल समूहलाई कर्नरमा पार्ने त कहिले पूर्वएमाले समूहहरु मिलेर पूर्वमाओवादीलाई अल्पमतमा पार्ने प्रयत्नहरु हुँदै आइरहेका थिए । तर, पछिल्लो समय माधव नेपाल समूह र प्रचण्ड समूह मिलेर ओली पक्षलाई अल्पमतमा पारिएको देखिन्छ ।

बैठकमा छलफलका लागि विभाजित १५ वटै समूहमा प्रचण्ड र माधव पक्षका नेताहरु आपसमा मिलेपछि ओली समूहका नेताहरु प्रतिरक्षात्मक बनेका छन् ।

१५ समूहको अंगणित

पहिलो समूहमा प्रचण्ड पक्षका १५, ओली पक्षका ११ र माधव पक्षका ३ नेता थिए । पहिलो समूहमा टोली नेताहरु प्रचण्ड र ओली दुबै गुटबाट छानिएका थिए ।

दोस्रो समूह स् प्रचण्ड–१५, ओली–१०, माधव– ४ ९टोली नेता– प्रचण्ड समूह ।

तेस्रो समूह स् प्रचण्ड– ८, ओली–१६, माधव–५ ९टोली नेता– ओली समूह ।

चौथो समूह स् प्रचण्ड–१५, ओली–५, माधव– ९ ९टोली नेता– माधव समूह ।

पाँचौं समूह स् प्रचण्ड– १७, ओली–३, माधव–९ ९टोली नेता– माधव समूह ।

छैठौं समूह स् प्रचण्ड– १४, ओली–११, माधव–४ ९टोली नेता– प्रचण्ड समूह ।

सातौं समूह स् प्रचण्ड– १४, ओली–७, माधव–८ ९टोली नेता– प्रचण्ड समूह ।

आठौं समूह स् प्रचण्ड– ८, ओली–११, माधव–१० ९टोली नेता– ओली समूह ।

नवौं समूह स् प्रचण्ड– १०, ओली–१३, माधव–६ ९टोली नेता– ओली समूह ।

दशौं समूह स् प्रचण्ड– १०, ओली–११, माधव–८

एघारौं समूह स् प्रचण्ड– ९, ओली–७, माधव–१३ ९टोली नेता– माधव समूह ।

बाह्रौं समूह स् प्रचण्ड– १२, ओली–९, माधव–८ ९टोली नेता– प्रचण्ड समूह ।

तेह्रौं समूह स् प्रचण्ड– ७, ओली–९, माधव–१३ ९टोली नेता– प्रचण्ड समूह ।

चौधौं समूह स् प्रचण्ड– १२, ओली–७, माधव–१० ९टोली नेता– प्रचण्ड समूह ।

पन्ध्रौं समूह स् प्रचण्ड– १७, ओली–१०, माधव–४ ९टोली नेता– प्रचण्ड समूह । साभार अनलाईन खवरवाट

प्रकाशित मिति १७ माघ २०७६, शुक्रबार १७:५५