पर्वत महोत्सव : युनाईटेड स्पोर्टस कल्ब – हिल साईड निर्माण सेवा फाईनलमा

माघ १८, पर्वत । छटौँ पर्वत महोत्सवका आयोजित अन्तर पालिका स्तरिय भलिबल प्रतियोगितामा आज सेमि फाईनलका खेल सम्पन्न भएका छन् । १० वटा पालिकाको सहभागिता रहेका भलिबलल प्रतियोगितामा ४ वटा पालिका सेमिफाईनलमा प्रवेश गरेका थिए । आज भएको सेमिफाईनलको पहिलो खेलमा युनाईटेड स्पोर्टस कल्ब गलकोट बिजयी भएको छ ।

यो संगै गलकोट फाईनलमा प्रबेष गरेको छ । कुश्माको बडागाउँ चौरमा भईरहेको खेलमा महाशिलाले १ सेट जिते पनि युनाईटेड स्पोर्टस कल्बले ३ सेट जित्दै फाईनलमा प्रबेष गरेको हो ।त्यस लगत्तै मोदी गाउँपालिका र हिल साईड निर्माण सेबा जैमुनी नगरपालिका बिच भएको खेलमा हिल साईड निर्माण सेबा विजयी भएको छ ।

लगातर ३ सेट जित्दै हिल साईड निर्माण सेबा फाईनलमा प्रवेश गरेको हो । आईतवार बिहान १० बजे फाईनका खेल हुने खेलकुद संयोजक शेवहादुर चोचाङ्गीले जानकारी दिनुभयो ।

प्रकाशित मिति १८ माघ २०७६, शनिबार ०९:२२