नेपाल रेडक्रस सोसाईटी पर्वतको अध्यक्षमा पुन : रिमाल

माघ १९, पर्वत । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतको ३३ औँ जिल्ला सभा तथा अधिवेशनबाट अध्यक्षमा पुन रुद्रवहादुर रिमाल निर्वाचित हुनुभएको छ । शुक्रवारदेखी शुरु भएको जिल्ला सभा तथा अधिवेशनमा सहमती नभएपछि शनिवार मतदान भएको थियो । उनका प्रतिद्धन्द्धी कृष्ण गौडेललाई पछि पादै रिमाल निर्वार्चित हुनुभएको हो । अधिवेशनवाट महिला उप–सभापतिमा इश्वरी पाठक निर्वाचित हुनुभएको छ भने अर्का उप–सभापतिमा डाक्टर चुडामणि शर्मा निविरोध चयन हुनुभएको छ । त्यस्तै मन्त्रीमा गोविन्दप्रसाद पराजुली निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा पिताम्वर शर्मा अधिकारी, उपमन्त्रीमा आशिष जोशी, उप–कोषाध्याक्षमा हिरामणि सापकोटा, महिला सदस्यमा मानकुमारी गिरी, शुशिला कुमारी शर्मा, भगवती पौडेल निर्विरोध चयन हुनुभएको छ ।

अन्य सदस्यमा धुर्व मल्ल, ईन्द्रमान खत्री, भिष्म मल्ल, दामोदर आचार्य, सागर गिरी, हेमशर्मा पौडेल र तिलप्रसाद पौडेल निर्वाचित हुनुभएको निर्वाचन अधिकृत सुर्यप्रसाद ढकालले जानकारी दिनुभयो । निर्वाचित पदाधिकारी शुभकामना दिँदै नेपाली काँग्रेसका कोषाध्याक्ष एवम् जलजला गाउँपालिका अध्यक्ष यामवहादुर मल्ल‘रामकृष्ण’ ले निर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गदै प्रतिकुल परिस्थितिका वावजुद पनि मानवीय सेवा र विपत्तिमा रेडक्रसले खेलेको भूमिका प्रसंशनीय भएको वताउनु भयो । मल्लले नयाँ कार्यसमितिलाई मानवीय सेवा थप उत्तरदायी भएर लाग्न शुभकामना व्यक्त गर्नुभयो । उहाँले दैवी विपत्ति र प्राकृतिक प्रकोपदेखि द्वन्द्वमा परेका हरेक नागरिकको उद्धार र राहतका लागि पर्वत रेडक्रसले विगतमा भन्दा अझै सक्रिय भएर काम गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति १९ माघ २०७६, आईतवार ०२:०९