छटौँ पर्वत महोत्सव भव्यताका साथ सम्पन्न

माघ १९, पर्वत । पर्वतको कुश्मामा सञ्चालन भएको छैठौँ पर्वत महोत्सव आईत सम्पन्न भएको छ । यहि माघ ९ गतेदेखि सञ्चालन गरिएको महोत्सवमा करिव ६ करोडको कारोवार गरिएको र डेढ लाख दर्शकहरुले अवलोकन गरेको आयोजकले जनाएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई केन्द्रित गरि पर्यटन प्रवर्दन र स्थानीय उत्पादनहरुको प्रचारप्रसार गर्न भन्दै उद्योग वाणिज्य संघ पर्वतले महोत्सव आयोजना गरेको थियो ।

महोत्सवको गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले समापन गर्नुभयो । महोत्सव समापन गर्र्दै प्रदेश प्रमुख शेरचनले देशको समृद्धि र विकासका लागि घरेलु तथा साना उद्योगहरुको ठूलो भूमिका हुने बताउनुभयो । उद्यमको बिकासले नै देशले आर्थिक समृद्धि हासिल गर्ने शेरचनको भनाई छ । नेपाल सरकारले मनाईरहेको नेपाल भ्रमण वर्ष र प्रदेश सरकारले मनाईरहेको आन्तरिक भ्रमण वर्षलाई सफल बनाउन आफ्नो क्षेत्रमा रहेको पर्यटकिय स्थलहरुको प्रचारप्रसार गर्न पनि उहाँले स्थानीयलाई आग्रह गर्नुभयो । जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि पौडेलले महोत्सवले पर्वतको समृद्धि र विकासमा ठूलो योगदान गरेको धारणा राख्नुभयो । उहाँले पर्वत महोत्सव व्यवस्थापकिय हिसावले पनि निकै सफल भएको बताउनुभयो ।

कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले पर्वत महोतसवले स्थानीय उत्पादनहरुको प्रचार प्रसार र जिल्लाका पर्यटकिय क्षेत्रहरुको पहिचान विश्वभर पु¥याउन सहयोग गरेको बताउनुभयो । उहाँले व्यवसायिक एकतामा जोड दिनुभयो ।

कार्यक्रममा एनआरएन सल्लाहकार गोबिन्द सुबेदी उद्योग वाणिजय संघका निवर्तमान अध्यक्ष हरिओम शर्मा लामिछाने लगायतले बोल्नुभएको थियो । उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन महासचिव गणेश लामिछानेले गर्नुभएको थियो । महोत्सव समापनका अवसरमा विभिन्न प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण गरिएको छ ।

महोत्सवमा उत्कृष्ठ झाँकी प्रदर्शनमा पुन यूवा क्लवलाई पुरस्कार वितरण गरिएको छ । रत्यौली प्रतियोगितामा नमूना पिपलटारी महिला समूह पहिलो, सहनशिल आमा समूह खरेहा दोस्रो, प्रष्तिशिल आमा समूह देउपूर तेस्रो र खुशीयाली महिला समूह कुश्मा सान्त्वना हुँदै पुरस्कार प्राप्त गरेको छ । विद्यालय स्तरिय नृत्य प्रतियोगितामा नारायण मावि पहिलो, कालीगण्डकी एकेडेमी कुश्मा दोस्रो, जनताधन मावि बलेवा तेस्रो र नवजागृत मावि तिलाहार सान्त्वना भएको छ ।

लोकभजन तर्फ अमलाचौर भजन समूह पहिलो, फलेवास नगर भजन समूह दोस्रो, गहतेपोखरा पिपलटारी भजन समूह तेस्रो र गौरीधाम भजन समूह सान्त्वना हुँदै पुरस्कृत भएको छ । उत्कृष्ठ स्टल, उत्कृष्ठ उद्यमी,उत्कृष्ठ खेलाडी, सहयोगी र पत्रकारहरुलाई सम्मान गरिएको छ ।

प्रकाशित मिति १९ माघ २०७६, आईतवार १४:१४