राष्ट्रिय प्रजातन्त्रको केन्द्रीय महाधिवेशन २०७७ जेठ २५ गते

माघ १९, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय महाधिवेशन २०७७ जेठ २५ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । माघ १७ देखि आइतबारसम्म बसेको केन्द्रीय समितिले महाधिवेशनसम्बन्धी निर्णय गरेको हो । बैठकले निर्वाचन समितिका संयोजक पार्टीका उपाध्यक्ष तोरणबहादुर गुरुङ्गद्धारा प्रस्तुत निर्वाचन विनियमावली २०७६, निर्देशिका २०७६ र कार्यतालिका सामान्य परिमार्जन सहित पारित गरेको छ ।

राप्रपाले महाधिवेशन सम्बन्धित प्रदेश निर्वाचन क्षेत्रभित्रका सक्रिय सदस्यबाट प्रत्यक्ष रुपमा निर्वाचित गर्ने व्यवस्था गर्ने राप्रपाले जनाएको छ ।

प्रकाशित मिति १९ माघ २०७६, आईतवार १४:३७