पत्रकारले लाइसेन्स लिनुपर्ने प्रावधान हटाउने सहमति

माघ १९, काठमाडौँ । नेपाल मिडिया काउन्सिल विधेयक २०७६ बाट ‘पत्रकारले परीक्षा पास गरेर लाइसेन्स लिनुपर्ने’ सम्बन्धी प्रावधान हटाउने सहमति भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटा, ‘पत्रकारले लाइसेन्स लिनुपर्छ’ भनेर विधेयकमा संशोधन हाल्ने सांसदबीच सहमति जुटेको हो । सहमतिकै लागि आइतबार मिडिया काउन्सिल विधेयक–२०७६ पारित गर्ने तयारी रोकिएको थियो ।

१३ माघमा विधायन व्यवस्थापन समितिले पत्रकारले परीक्षा पास लाइसेन्स लिनुपर्ने प्रावधान राख्दै मिडिया काउन्सिलसम्बन्धी विधेयकको प्रतिवेदन पारित गरेको थियो । र, आइतबार विधयेक पास गर्ने सम्भावित कार्यसूचीसमेत बनेको थियो । तर, सरकार पनि परीक्षा लिने पक्षमा नहुनु र सरोकारलावाले पनि विरोध गरेपछि रोकियो ।

प्रकाशित मिति १९ माघ २०७६, आईतवार १६:२८