ग्यासको मूल्य २५ रुपैयाँ बढ्यो, पेट्रोल र डिजेलकाे घट्याे

माघ २०, काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य २५ रुपैयाँ बढाएको छ । अर्न्तराष्ट्रिय बजारमा ग्यासको मूल्य बढेको जनाउँदै निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढेको हो ।

‘एलपी ग्यासको औसत खरिद मूल्य बढेको छ। स्वचालित मूल्य प्रणाली अनुसार समायोजन गर्दा प्रतिसिलिन्डर २५ रुपैयाँ बढ्ने देखिन्छ,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘नयाँ मूल्य सोमबार राति १२ बजेदेखि नै लागू हुन्छ।’

प्रकाशित मिति २० माघ २०७६, सोमबार १५:२१