नेविसंघले भन्यो- ‘स्ववियु निर्वाचनमा भाग लिन्छौं’

माद्ध २०, काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले स्वतन्त्र विद्यार्थी युनियन९स्ववियु०को निर्वाचनमा भाग लिने बताउँदै निर्वाचनको वातावरण तय गर्न त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेको छ । सोमबार नेविसंघको कार्यालयमा मनोनित २ उपसभापति र ५ महामन्त्रीको पदभार ग्रहण कार्यक्रममा अध्यक्ष राजीव ढुंगानाले स्ववीयु निर्वाचनको वातावरण निर्माण गर्न त्रिवीलाई आग्रह गरेका हुन्। ‘स्ववीयु निर्वाचनप्रति हामी जिम्मेवार छौं । स्ववियु विद्यार्थीको मुटु हो,’ अध्यक्ष ढुंगानाले भने, ‘तर, निर्वाचनका लागि विश्वविद्यालथ जिम्मेवार छैन्। अहिलेसम्म शिक्षाध्यक्ष र रेक्टरको नियुक्ति भएको छैन् ।’

त्रिवीले स्ववियु निर्वाचन आगामी फागुन १४ गते गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। तर, स्ववियु निर्वाचन परिचालन समितिको अध्यक्ष हुने रेक्टर भने नियुक्त गरेको छैन । रेक्टर नियुक्त नहुँदा त्रिवी स्ववियु निर्वाचन गर्न नचाहेको हो कि भन्ने आशंका उब्जिएको महामन्त्री दिपक भट्टराईले बताए ।

महामन्त्री भट्टराईले स्ववियु निर्वाचनमा पहिलो विद्यार्थी संगठन बनाउने तरिकाले आफूहरु लाग्ने बताए। ‘हाम्रो मुख्य ध्येय स्ववियु निर्वाचनमा नेविसंघलाई पहिलो विद्यार्थी संगठन बनाउने हो,’ महामन्त्री भट्टराईले भने, ‘त्यो सँगै पार्टीले हामीलाई दिएको ६ महिनामा महाधिवेशन सम्पन्न गरेर निर्वाचित नेतृत्वलाई जिम्मेबारी हस्तान्तरण गर्न हामी आजैदेखि जुट्यौँ।’

अध्यक्ष ढुंगानाले आइतबार मात्रै पुतलीसडकस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गरेका थिए।कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार मात्रै ६ महिनामा संगठनको महाधिवेशन गर्ने कार्यादेश दिँदै ढुंगानालाई नेविसंघ तदर्थ समितिको अध्यक्ष बनाएका थिए।साभार–कान्तिपुर दैनिकबाट

प्रकाशित मिति २० माघ २०७६, सोमबार १५:३४