पीडितको सहारा बन्दै आइएमई लाइफ इन्स्योरेन्स : घरमै पुगेर मृत्यूदावी रकम भुक्तानी

माघ २०, पर्वत । आइ.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी वाग्लुङ शाखाले मृत्युु दावी भुक्तानी दिएको छ । सोमबार वेनी नगरपालिका – १ रत्नेचौरमा एक औपचारिक कार्यक्रम गरी मृतकका परिवारलाई उक्त दावी भुक्तानी रकम बरावरको चेक हस्तानत्रण गरेको हो । मृतक सेते चर्मकारले गत चैत्रमा ५ लाखको १५ बर्षिय सावधिक जीवन बिमा गराएका थिए । चर्मकारको गत भाद्र २० गते घरमै ४८ वर्षको उमेरमा असामयिक निधन भएको थियोे ।

मृतक चर्मकारले प्रथम किस्ता प्रमियम स्वरुप एकपटक ३४,७१७ मात्रै बुझाएका थिए । उनको परिवारलाई ३४ हजार ७ सय १७ रुपैयाँको एक बर्षिय बोनस सहित ५ लाख १५ हजार रुपैयाँको चेक हस्तानत्रण गरिएको हो । उक्त रकम रत्नेचौरका कार्यवाहक वडा अध्यक्ष टेकबहादुर थापा र आइ.इ लाइफ इन्स्योरेन्स कम्पनी धवलागिरी एरिया मेनेजर शिवप्रसाद शर्माले संयुक्त रुपमा मृतकका श्रीमती गिता किसानलाई हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा वोल्दै कार्यवाहक वडा अध्यक्ष थापाले आई.एम.ई लाइफले मृतक परिवारलाई ठुलो राहात प्रदान गरेकोमा खुशी व्यक्त गर्नुभयो । आई.एम.ई लाइफको विमितप्रतिको जिम्मेवारी र उत्तरदायित्व व्यवहारले आफु प्रभावित भएको बताउँदै सम्पूर्ण वडा वासीलाइ विमा गरेर परिवारलाई आर्थिक सुरक्षाको प्रत्याभुती दिन आग्रह समेत गर्नुभयो । एरिया मेनेजर शिवप्रसाद शर्मा, सिनियर एजेन्सी मेनेजर जीवन काउचा थापा, सामाजिक अभियान्ता तथा संचारकर्मी सिताराम थापा लगाएतले विमाको महत्व र आवश्यकतावारे बोल्नुभएको थियो । उक्त कार्यक्रम वाग्लुङ शाखाका प्रमुख इन्द्र शर्मा सापकोटाले संचालन गर्नुभएको थियो ।

आइ.एम.इ लाइफले २०७४ कार्तिक देखि वाग्लुङमा कार्यालय संचालन गरि विमा कारोबार सुरुवात गरेकोमा हाल धवलागिरी क्षेत्रमा कुश्मा र वेनीमा गरि ३ शाखा तथा पर्वत हुवास, कुश्मीशेरा वाग्लुङ र पोखरा र म्याग्दीमा गरि ३ उपशाखा संचालन गरि विस्तारित रुपमा उत्कृष्ट विमा सेवा तथा व्यापार गरेको जानकारी बाग्लुङ शाखाका प्रमुख इन्द्रा शर्मा सापकोटाले गराउनु भयो ।

प्रकाशित मिति २० माघ २०७६, सोमबार १६:३२