गुप्तेश्वर क्याम्पसमा नेवि संघले विभिन्न प्रतियोगिता गर्दै

माघ २०, पर्वत । पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको गुप्तेश्वर बहुमुखी क्याम्पस स्थापनाको २८ औँ बार्षिकोत्सवको अवसरमा क्याम्पसमा सक्रिय रहेको नेपाल विद्यार्थी संघले बिभिन्न कार्यक्रमहरुको आयोजना गर्ने भएको छ ।

सभापति शिशिर शर्मा पौडेलले दिनुभएको जानकारी अनुसार यही माघ २२ गते बिहान ७ बजेबाट भलिबल खेल प्रतियोगिताको आयोजना गरिएको छ । प्रतिस्पर्धामा छात्र र छात्रा दुवैले भाग लिन पाउने प्रतिस्पर्धाका संयोजक सन्तोष पाठकले जानकारी दिनुभयो । माघ २२ गते नै बिहान साढे ८ बजेबाट पूmटबल प्रतियोगिता पनि गर्न लागिएको छ ।

पूmटबल खेलको संयोजक आर।सि। सुवेदी रहनुभएको छ । यस्तै, माघ २३ गते वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ । संयोजक सुजन पुन मगरका अनुसार समृद्ध नेपाल निर्माणमा विद्यार्थीको भूमिका शीर्षकमा प्रतियोगिता राखिएको हो । यो प्रतियोगिता बिहान ७ बजेका लागि तोकिएको छ । यसैगरी, माघ २४ गते बिहान साढे ८ बजेका लागि घैँटो फुटाउने प्रतियोगिता राखिएको संयोजक अजय पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार घैँटो फुटाउने प्रतियोगितामा छात्र वा छात्रा दुवैले भाग लिन पाउने छन ।

प्रतियोगिताहरुमा बिजेता बन्ने समूह तथा प्रतिस्पर्धीलाई उचित पुरस्कारको व्यवस्था गरिएको पनि नेपाल विद्यार्थी संघले जनाएको छ ।

प्रकाशित मिति २० माघ २०७६, सोमबार १८:०६