पर्वतको पाङ र बागलुङ जोड्ने नेपालकै अग्लो र लामो पुल केही दिनमा संचालनमा आउँदै ( फिटो फिचर )

माघ २१, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा नं. १ पाङको अदुवावारी देखि बागलुङको बांगेचौर जोड्नेगरी निर्माण हुन लागेको नेपालकै अग्लो र लामो झोलुङ्गे पुलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

उक्त पुलको लठ्ठा तान्ने काम पुरा भएर अहिले स्लाप राख्ने काम भैरहेको छ । त्यो काम पनि अन्तिम चरणमा पुग्न थालेको छ । ५ सय ६७ मिटर लामो र १ सय ६० मिटर अग्लो उक्त पुल निर्माण सम्झौता अवधि भन्दा एक वर्ष पहिल्यै सम्पन्न हुने भएको हो ।
पुल फागुन अन्तिम सातादेखिनै संचालनमा आउने बताईएको छ ।


प्रकाशित मिति २१ माघ २०७६, मंगलवार ०२:२४