वडा अध्यक्ष धामी मृत फेला

माघ २१, काठमाडौँ । अछामको पञ्चदेवल विनायक नगरपालिका‍(२ माथिल्लो विनायकका वडाध्यक्ष पदमबहादुर धामी मृत अवस्थामा फेला परेका छन् । अनुहारभरी रगत लत्पतिएको अवस्थामा गैरीगाउँमा उनको शव भेटिएको छ ।

माथिल्लो विनायकस्थित धामीगाउँको गैरीगाउँ भन्ने ठाउँमा स्थानीयको भैंसी गोठभित्र उनको शव भेटिएको कांग्रेस अछामका प्रवक्ता वेदप्रकाश तिमिल्सिनाले जानकारी दिए । मंगलबार बिहान ७ बजे भैंसीलाई घाँस हाल्न गोठमा गएकी महिलाले शव देखेपछि घटना बाहिर आएको हो ।

घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको अछामका प्रहरी प्रमुख डीएसपी दिपक भारतीले बताए । प्रहरीले शवको अवस्था हेर्दा हत्याको आशंका गरेको छ । मृत भेटिएका ४० वर्षीय धामी कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । साभार –नयाँ पत्रिकावाट

प्रकाशित मिति २१ माघ २०७६, मंगलवार ०५:००