ओलीको समाचार विश्वकै उत्कृष्ट

माघ २१, काठमाडौँ । नेपाली खेलकुद पत्रकारिताको इतिहास त्यति धेरै लामो छैन । विधागत पत्रकारिता नै बामे सर्दै गरेको अवस्थामा नेपाली खेल पत्रकारिताले फड्को मारेको स्थिति पनि होइन । तर विश्व खेलकुद पत्रकारितामाझ एउटा नेपाली खेलकुद समाचारले हलचल नै ल्यायो ।‘मुस्किलले ५० वटा खेल खेलिने नेपालमा २०० भन्दा बढी संघ पालिएका छन्’ भन्ने शीर्षकको समाचारले विश्वको उत्कृष्ट समाचारको अवार्ड जितेको छ ।

नेपालका प्रज्ज्‍वल ओलीले लेखेको उक्त समाचारले हंगेरीको बुडापेस्टमा आयोजित विश्व खेलपत्रकारिताको सबैभन्दा ठूलो अवार्ड कार्यक्रम‘एआईपीएस स्पोर्ट्स मिडिया अवार्ड’ जितेको छ।

ओलीले लेखेको उक्त समाचारमा सक्रिय नभए पनि फाइदा लिनका लागि मात्र राष्ट्रिय खेलकुद परिषद ९राखेप० मा खेल संघ दर्ता हुने प्रवृत्तिलाई उजागर गरिएको छ। २ सयभन्दा वढी खेल संघ परिषद्‍मा दर्ता गरिएको तर ५० संघले मात्र सकृय रुपमा कामहरु गरिहेको भन्दै समाचारले बाँकी संघको औचित्यमाथि प्रश्न उठाइएको छ।

समाचारमा न्यूनतम सर्तहरु समेत पूरा नगरिएका संघहरु दर्ता हुने गरिएको भन्दै त्यसका लागि खेलकुद परिषद् पनि जिम्मेवार रहेको औंल्याइएको छ। संघ दर्तानिम्ति ठूलो राजनीतिक दबाब हुने गरेको विषय पनि समाचारमा उठाइएको छ। आजको कान्तिपुरमा खवर छ ।

प्रकाशित मिति २१ माघ २०७६, मंगलवार १०:५५