वडासदस्यको नेतृत्वमा वडाध्यक्ष र शिक्षकमाथि कुटपिट

माघ २१, काठमाडौँ । जुगल गाउँपालिका–५ का अध्यक्ष सनतकुमार अधिकारीसहित दुई शिक्षकमाथि सामूहिक रुपमा निर्घात कुटपिट भएको छ ।

बराम्चीस्थित रत्न राज्य माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रम सकेर खाजा खाइरहेका वडाध्यक्ष अधिकारी, सोही विद्यालयका प्रधानध्यापक छन्दप्रसाद काफ्ले र शिक्षक पुष्पराज तिमल्सिनामाथि सोही वडाका सदस्य यमबहादुर मगरको नेतृत्वमा ७ जनाले एकैसाथ आक्रमण गरेका हुन्। आजको कान्तिपुरमा खवर छ ।

प्रकाशित मिति २१ माघ २०७६, मंगलवार १०:५९