अहेबलाई वडा सचिवको जिम्मेवारी

माघ २१, म्याग्दी । अन्नपूर्ण गाउँपालिकाले अहेबलाई वडा सचिवको जिम्मेवारी दिएको छ । स्थानीय तहमा बजेट तथा विकासका कार्यक्रम कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी रहने वडा सचिव पद लामो समय रिक्त रहेपछि गाउँपालिकाले अहेबलाई उक्त जिम्मेवारी दिएको हो । गाउँपालिकाका आठमध्ये दुईवटा वडामा स्वास्थ्यचौकीका प्रमुखका रुपमा रहेका अहेबलाई वडासचिवको कार्यभार दिइएको हो ।

राम्चे स्वास्थ्यचौकीकी अहेब बनिका गर्बुजालाई वडा नम्बर ८, शीख स्वास्थ्यचौकीका अहेब बिर्खबहादुर तिलिजालाई वडा नम्बर ५, गाउँपालिका कार्यालयकी प्रशासन सहायक पूजा अर्याललाई वडा नम्बर ६ को सचिवमा खटाइएको छ । वडा नम्बर ७ मा भने एक नम्बर वडाका सचिवले जिम्मेवारी सम्हाल्दै आएका छन् । साभार–कान्तिपुर दैनिकवाट

प्रकाशित मिति २१ माघ २०७६, मंगलवार ११:०२