कोरोना नियन्‍त्रणका लागि सरकारले उच्च सतर्कता अपनाएको छ : स्वास्थ्य मन्‍त्री

माघ २१, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कोरोना भाइरसको संक्रमण अहिलेसम्म नदेखिएको र सरकारले उच्च सतर्कताका साथ काम गरिरहेको बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समयमा मन्त्री ढकालले कोरोना भाइरसबाट बच्‍नका लागि सरकार तयार रहेको बताए ।

नेपालमा कोरोना भाइरस नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा दुईपटक बैठक बसेको र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री ढकालको संयोजकत्वमा उच्चस्तरीय कार्यदल बनेको छ। मन्त्री ढकालले उक्त भाइरसबाट सतर्क रहनका लागि विज्ञापन सामग्री बनाएको र प्रत्येक दिन बेलुका सञ्चारकर्मीसँग ब्रिफिङ गर्ने तयारीसमेत गरेको जानकारी दिए । साभार –कान्तिपुर दैनिकवाट

प्रकाशित मिति २१ माघ २०७६, मंगलवार ११:४३