राष्ट्रिय वालशिक्षा सदनमा खेलकुद सप्ताह शुरु

माघ २१, पर्वत । पर्वतको सदरमुकाम कुश्मा बजारमा रहेको राष्ट्रिय बाल शिक्षा सदन अङग्रेजी आवासिय मा.बि.ले खेलकुद सप्ताह शुरुवात गरेको छ । बिद्यार्थिलाई शारीरिक रूपमा चूस्त दुरूस्त राख्न र अन्तरनिहीत प्रतिभालाई प्रस्फूटन गर्ने विगतका बर्ष जस्तै हाल खेलकुद सप्ताहलाई निरन्तरता दिएको विद्यालयले जनाएको छ ।

सप्ताहको उद्धाटन गर्दै बिद्यालय सञ्चालक समितिका अध्यक्ष रूद्र प्रसाद शर्माले खेलकुद सप्ताहका मूल संयोजक तथा अनुसासन ईन्चार्ज बिकास के.सी.लाई खेलकुद सामाग्री हस्तान्त्रण गर्दै खेलकुद सप्ताहको सुरूवात गर्नुभएको हो । बिभिन्न ८ वटा बिधामा माध्यामिक तह र बिभिन्न ७ बिधामा प्राथमिक तहका बिद्यार्थिहरूलाई सहभागी गराईने बिद्यालयका प्रधानाध्यापक थानेश्वर ढकालले बताउनुभयो । सदरमुकाम कुश्मामा अवस्थित बिद्यालयले हरेक साल पठनपाठन अलावा तेक्वान्दो , बक्तृत्वकला हांजिरीजबाफ नृत्य शैक्षिक भ्रमण चित्रकला हस्तकला लगायतका बिभिन्न अतिरिक्त कृयाकलाप गर्दै आईरहेको छ ।

बिद्यालयका प्रिन्लिपल थानेश्वर ढकालको अध्यक्षतामा सप्ताह शुभारम्भ कार्यक्रममा सम्पन्न भएको हो । खेलकुद सप्ताह शुरुवात कार्यक्रममा बोल्दै पूर्व प्राथमिक तहका शिक्षक ईन्चार्ज कल्पना क्षत्री अनुसासन ईन्चार्ज बिकास केसी. सेयर सदस्य चक्रपाणि शर्मा, लेखा प्रमुख अच्युत तिवारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सन्चालन निम्न माद्यमिक तह शिक्षक ईन्चार्ज प्रकास आचार्यले गर्नुभएको जानाकारी स्काउट शिक्षक मिना खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति २१ माघ २०७६, मंगलवार १४:१२