आँबुखैरेनीमा डर लाग्दो दुर्घटना : १७ जना घाइते

माघ २१, पर्वत । जिल्लाको आँबुखैरेनीमा माइक्रो र बस ठोक्किँदा १७ जना घाइते भएका छन् । आँबुखैरेनी–२ नारिघाटमा दिउँसो पोखराबाट काठमाडौं जाँदै गरेको बा ३ ख ४२०१ नम्बरको माइक्रो र नारायणगढबाट बेसिसहर जाँदै गरेको ना ४ ख ६३५७ नम्बरको बस एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

घाइतेमध्ये माइक्रो चालक बन्दीपुर गाउँपालिकाका निवासी ३५ वर्षीय विश्वध्वज थापामगर र ६० वर्षीय लक्ष्मी कायस्थको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी लिलाराज लामिछानेले बताएका छन् ।

घाइतेलाई आँबुखैरेनीमा सामान्य उपचारपछि १ जनालाई काठमाडौं, ८ जनालाई भरतपुर चितवनस्थित पुरानो मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ । बाँकीको घाइतेको आँबुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । साभार –कान्तिपुर दैनिकवाट

प्रकाशित मिति २१ माघ २०७६, मंगलवार १५:२७