आईलिगमा सावित्रा भण्डारी आबद्ध गोकुलम सेमिफाइनलमा प्रवेश

माघ २१, काठमाडौँ । भारतमा जारी हिरो आईलिग महिला फुटबलमा नेपाली खेलाडी सावित्रा भण्डारी आवद्ध गोकुलम फुटबल सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा बैंग्लोर युनाइेटडलाई ५–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । गोकुलमको जीतमा सावित्राले पनि एक गोल योगदान गरिन् ।

गोकुलमका लागि कमलादेवीले ह्याट्रिक गर्दा सावित्राले एक गोल गरेकी थिइन् भने एक गोल उपहार पाएको थियो । आजको गोलसँगै सावित्राले जारी हिरो लिगमा गोल संख्या १२ पुयाएकी छिन् ।

प्रकाशित मिति २१ माघ २०७६, मंगलवार १६:५१