छोरी बलात्कार गरेको आरोपमा बुबा पक्राउ

माघ २२, पर्वत । छोरीलाई बलात्कार गरेको आरोपमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका ४५ वर्षीय बुबा पक्राउ परेका छन् ।

आफ्नै १६ वर्षीया छोरीलाई लामो समयदेखि डर, धम्की देखाएर बलात्कार गर्दै आएको आरोपमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।उनमाथि अनुसन्धान भइरहेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए  ।

प्रकाशित मिति २२ माघ २०७६, बुधबार ०३:३३