खानीगाँउमा अस्थाई प्रहरी पोष्ट स्थापना

माघ २३, पर्वत । फलेवास नगरपालिका वडा नं. ५ खानीगाँउ स्थित पिप्लेचोकमा अस्थाई प्रहरी पोष्ट स्थापना गरीएको छ । बुधबार एक कार्यक्रमका बिच अस्थाई प्रहरी पोष्ट खानीगाँउ पर्वतको शुभारम्भ गरिएको हो । शुभारम्भ कार्यक्रम पश्चात बोल्दै फलेबास नगरपालिकाका नगर प्रमुख पदमपाणी शर्माले नागरीक र प्रहरी बिच सुमधुर सम्बन्ध भए मात्र सुशासन कायम हुने बताउनुभयो ।

फलेबास नगरपालिकाको कार्यलय पनि खानीगाउँमानै भएकोले यसले बिभिन्न घटनाहरु हुन बाट रोकथाम हुने बिश्वास समेत दिलाउनुभयो । मुलुकको समद्धिको लागि शान्ति सुरक्षा आबश्यक रहेको भन्दै यसबाट थप शान्ति सुरक्षा हुनेमा नगरबासि आशाबादी रहेको उहाँको भनाई थियो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले प्रहरी र नागरिक दुबै पक्षको हातेमालोबाट मात्र समाजमा सुशासन, शान्ति र सदाचारको विकास हुने भएकाले प्रहरी संगै हातेमालो गर्न सबै पक्षसंग आहब्बान गर्नुभयो ।

शान्ति स्थापनामा प्रहरी र नागरिक दुवैको भुमिकाको महत्व हुने उहाँको भनाई थियो । सो अबसरमा सहायक प्रमुख जिल्ला अधिकारी छवीलाल सुवेदी, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा लगायत सम्बन्धित वडाका जनप्रतिनिधीहरु, वुद्दीजीवी एवम् अन्य सर्वसाधारणहरुको उपस्थिती रहेको थियो । प्रहरी प्रदान कार्यालय कार्य विभाग कार्य प्रशासन शाखाको आदेश अनुसार अस्थाई प्रहरी पोष्ट स्थापना गरीएको हो ।

खानीगाँउमा बढ्दो जनघनत्वसंगै हुन सक्ने गैरकानुनी गतिविधी रोकथाम एवम् बढ्दो सहारी करणलाई व्यवस्थापन गर्न उक्त स्थानमा अस्थाई प्रहरी पोष्टको स्थापना गरिएको हो ।

प्रकाशित मिति २३ माघ २०७६, बिहीबार ०१:३०