जन्ती बोकेको ट्रयाक्टर खस्दा तीनको मृत्यु

माघ २४, बागलुङ । बागलुङको तमानखोलामा बिहीबार साँझ जन्ति बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । म्याग्दीको मालिका गाउँपालिकाबाट बागलुङको तमानखोला गाउँपालिका– १ बोंगादोभानमामा जन्ती बोकेर आएको ग१त ५७६२ नम्बरको ट्याक्टर तमानखोला गाउँपालिका–३ बुलबुलेमा दुर्घटना भएको हो ।

तमानखोला गाउँपालिका वडा नं। ३ को बुलबुलेमा बिहीबार बेलुकी ७ बजे ग १ त ५७६२ नम्बरको जन्ती बोकेको ट्रयाक्टर सडकदेखि ५० मीटर तल खस्दा ३ जनाको मृत्यु भएको छ । त्यस्तै ९ जना घाइते भएका छन् । घटनामा म्याग्दीको मालिका गाउँपालिका २ की २१ वर्षीया रिता पुन, सोही स्थानका ५७ वर्षीया ओमप्रकाश पुन र ५२ वर्षीया मनकुमारी पुनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख नवराज भट्टले बताए ।

घटनामा सोही स्थानका मनप्रसाद पुन, रमेश घर्ती, गौमाया पुन र खगेन्द्र पुन गम्भीर घाइते भएका छन्। ५ जना सामान्य घाइते छन्। म्याग्दीको मालिकाबाट आउँदै गरेको ट्रयाक्टरले ३५ जना बोकेको थियो । ट्रयाक्टर पल्टिएको सूचना पाएपछि प्रहरी नायव निरीक्षक रणबहादुर बैदवारको नेतृत्वमा गएको टोलीले उद्दार गर्दा २३ जना सकुशल भेटाएको हो। घाइतेहरुको बुर्तिवाङ प्राथमिक स्वास्थ्य चौकीमा उपचार भैरहेको छ।

माघ २४, बागलुङ । बागलुङको तमानखोलामा बिहीबार साँझ जन्ति बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । म्याग्दीको मालिका गाउँपालिकाबाट बागलुङको तमानखोला गाउँपालिका– १ बोंगादोभानमामा जन्ती बोकेर आएको ग१त ५७६२ नम्बरको ट्याक्टर तमानखोला गाउँपालिका–३ बुलबुलेमा दुर्घटना भएको हो ।

दुर्घटनामा म्याग्दीको मालिका गाउँपालिका २ का २१ बर्षिया रिता पुन, ५२ बर्षिया मनकुमारी पुन र ५७ वर्षीय ओमप्रकाश पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए । दुर्घटनामा चारजना गम्भीर घाइते भएका छन् । म्याग्दीको मालिका गाउँपालिका(२ का ४८ वर्षीया मनप्रसाद पुन, २९ वर्षीय चालक रमेश घर्ती, ४२ वर्षीय खगेन्द्र पुन र ४३ वर्षीया गौमाया पुनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेको स्थानीय र प्रहरीले उद्धार गरि स्थानीय स्वाथ्य चौकीमा उपचार भइरहेको छ । थप उपचारका लागि जिल्ला सदरमुकाम वा पोखरा पठाउने विषयमा छलफल भइरहेको प्रहरीले जनाएको छ । ट्याक्टरमा सवार अरू ७ जनाभन्दा धेरै सामान्य घाइते रहेको प्रहरीले जनाएको छ। झण्डै ३५ जना सवार ट्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल खसेको छ।

प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार ०१:४१