कोरोना भाइसको बारेमा विश्वलाई जानकारी दिने डाक्टरको मृत्यु

माघ २४, काठमाडौँ । कोरोना भाइरसको संक्रमण चीनमा फैलिँदै छ भनी सूचना दिने एक जना डाक्टरको निधन भएको छ । उनको सोही भाइरसको संक्रमणबाट निधन भएको विश्व स्वाथ्य संगठनले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । नेत्ररोग विशेषज्ञ ली वेनलिङ नाम गरेका ती डाक्टरले गत डिसेम्बरमै यो भाइरस देखापरेको र आफू पनि त्यसबाट संक्रमित भएको भनी बताएका थिए ।

तर उनको यस भनाइलाई लिएर चिनीयाँ प्रहरीले उनलाई अनावश्यक हल्ला फिजाएर मानिसलाई दिग्भ्रमित पारेको भन्दै गिरफ्तार गरको थियो । बुहान केन्द्रीय अस्पतालले चिनियाँ सोसल मिडिया प्लेटफर्ममा पनि उनको मृत्युबारे बताएको छ ।

उनको मृत्युबारे विरोधाभासी रिपोर्टहरु आएका थिए, तर चिनियाँ सञ्चारमाध्यम पिपुल्स डेलीले पनि यो कुराको पुष्टि गरेपछि उनको निधन बिहीबार राति भएको पुष्टि भएको हो । ३४ वर्षीय ली को मृत्यको समाचार चीनबाहेक अन्य ठूला अन्तर्राष्ट्रिय मिडियाले कभरेज गरेपछि यो घटनाप्रति संसारभरका मानिसको ध्यान केन्द्रित भएको छ।

द पिपुल्स डेलीले एक ट्वीट पठाउँदै डा लीको मृत्युले ‘राष्ट्रिय शोक’ पैदा गरेको बताएको छ । साभार–नयाँ पत्रिकावाट

प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार ०३:०८