चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

माघ २४, पोखरा । पोखरा महानगरपालिकाको वडा नम्बर ३२ स्थित कोठे गाउँकी एक बालिकाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । सात वर्षीय बालिका पुजा विकलाई चितुवाले आक्रमण गरेको वडा नम्बर ३२का वडाध्यक्ष अक्कलबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार विहीबार साँझ ६ बजेको समयमा छिमेकीको घरबाट खेलेर फर्कने क्रममा हराएकी बालिकाको खोजतलास गर्ने क्रममा नजिकै जंगलमा चितुवाले खाएको अवस्थामा राती ९ बजे शव भेटिएको हो । बालिकाको खुट्टा र टाउको बाहेक अरु सबै अंग चितुवाले खाएको अवस्थामा शव भेटिएको उनले बताए ।

प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार ०३:१९