गायक सुजन बराईलीको ‘मेरो प्यारो मल्लाज गाउँ’ गित सार्वजनिक (भिडियो सहित)

गण्डकी संचार । मल्लाजको धार्मिक तथा पर्यटकिय गन्तव्यलाई गित र म्यजिक भिडीयोको माध्यमवाट प्रचारप्रसार गर्ने उद्देश्यले चर्चित गायक सुजन बराईलीले नयाँ गित बजारमा ल्याएका छन् । पर्वत जिल्लाको जलजला गाउँपालिका स्थित मल्लाजमा जन्मिएका बराईलीले ‘मेरो प्यारो मल्लाज गाउँ’ बोलको गित सार्वजानिक गरेका हुन् ।

बराईलीले आफ्नो जन्मदिनको अवसर पारेर उक्त गित आफ्नै युटुब च्यानल मार्फत सार्वजानिक गरेका हुन् । बराईलीकै उत्कृष्ठ शव्द र स्वर रहेको गितमा पर्वतका अर्का चर्चित गायक तथा सर्जक एवम् संगितकार कस्तुप पन्तको संगित रहेको छ । यो गितको छाँयाकन प्रकाश बराईलीले गरेका हुन् । गितमा मल्लाजका लगायत जलजला गाउँपालिका पर्यटकीय र धार्मिक क्षेत्रलाई क्यामरामा कैद गरिएको छ ।

भ्रमण बर्ष सँगै मल्लाजमा आन्तरीक पर्यटक भित्राउन का लागि गाउँको परिवेशलाई समेटेर गित तथा म्युजिक भिडीयो तयार गरिएको गायक बराईलीले जानकारी दिनुभयो । आफ्नो जन्मदिनको अवसर पारेर उक्त गित सार्वजानिक गरेको उनको भनाई छ । गितमा मल्लाजको धार्मिक तथा पयटकिय बस्तुलाई शव्द र भिडियो मार्फत उजगार गरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्

https://www.youtube.com/watch?v=tHYwhMhzUmY

प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार ०४:३३