‘निर्दोषलाई पक्रिएर सारा दोषीलाई उन्मुक्ति दिन खोजियो’

माघ २४, काठमाडौ । प्रमुख विपक्षी नेपाली कांग्रेसले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रही भएर मुद्दा चलाएको भन्दै दोस्रो दिन पनि संसद अवरुद्ध गरेको छ ।

शुक्रबार संसदको विशेष समय लिएर बोल्दै सांसद मीन विश्वकर्माले अख्तियार सरकारको छायाँ बनेको आरोप लगाए । आफ्ना उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा लगाइएको उनको दाबी छ ।

प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार ०९:३९