नारायण माबि ब्यवस्थापन समिती गठन प्रक्रियामा खोट रहेको भन्दै एक अभिभावक विरोधमा

माघ २४, पर्वत । पर्वतको नारायण माबिमा बिद्यालय ब्यवस्थापन समिती गठन प्रक्रियामा खोट रहेको भन्दै एक अभिभावक विरोधमा उत्रिनुभएको छ । व्यवस्थापन समिति गठनमा नियम मिचिएको भन्दै प्रल्हाद गिरीले दाबी गर्नुभएको छ । गिरीले शुक्रवार पत्रकार सम्मेलन गर्दै असन्तुष्टि सार्वजनिक गर्नुभएको हो ।

अघिल्लो दिनको भेलाले गरेको निर्णय भोली पल्टै फेरेर आफुलाई सदस्य हुन बाट बञ्चित गराएको गिरीको भनाई छ । उहाँले अघिल्लो दिनको निर्णय विना कारण वदर गर्दै आफुखुशी केहि समितिमा रहेका व्याक्तिहरुले अरुलाई चयन गरेको भन्दै उहाँले आश्चर्य व्यक्त गर्नुभएको छ । गिरीले पत्रकार सम्मेलन गर्दैै आफुलाई के कारणले हटाएर अरु व्याक्ति राखिएको भन्दै प्रश्न गर्नुभएको छ । विद्यालय व्यवस्थापन समिति गठनमा खोट रहेको भन्दै गिरीले कानुनी उपचारका लागि सम्बन्धित निकायमा पुग्ने बताउनुभएको छ ।

समितिको निर्णयमा कृष्णप्रसाद शर्माले पनि असन्तुष्टि राखेपनि पत्रकार सम्मेलनमा अनुपस्थित हुनुहुन्थ्यो । विद्यालय प्रसासनले नवगठित विद्यालय व्यवस्थापन समितिले भने वहुमतका आधारमा सबै निर्णय भएको बताएको छ । गिरीले सर्वसम्मत भएको निर्णय थन्काएर चोरबाटो बाट विद्यालय व्यवस्थापन समिति गठन भएको दाबी गर्दै आउनुभएको छ ।

प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार १६:३५