अंश विवादमा जेठाजुद्वारा भाइबुहारीको हत्या

माघ २४, काठमाडौँ । ताप्लेजुङमा शुक्रबार जेठाजुले आफ्नै भाइबुहारीको हत्या गरेका छन् । पाथिभरा याङवरक गाउँपालिका २ खाल्टेमा यस घटना घटेको प्रमुख डिएसी ज्ञानेन्द्र फुयाँलले जानकारी दिए ।

जेठाजु ४३ बर्षका कर्णकुमार लिम्बुले भाइबुहारी ३५ बर्षकी सुकमाया लिम्बुलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् । गाउँपालिकाका अध्यक्ष केशर मन्याङ्बोले घरमा मृतक सुकमायाको श्रीमान नभएका बेला विवाद उत्पन्न हुँदा घटना घटेको जानकारी दिए । अध्यक्ष लिम्बुले दाजुभाइबीच अंश सम्बन्धी पुरानो विवाद रहेको र सोही विषयमा विवाद हुँदा हत्या भएको बताए ।

आरोपी कर्णबहादुरलाई नियन्त्रणमा लिएको डिएसपी फुयाँलले जानकारी दिए ।

प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार १६:५३