सिर्काङ्ग युवा क्लवले आफ्नो पहिलो बार्षिकत्सव भव्यताका साथ मनाउँदै

माघ २४, पर्वत । सिर्काङ्ग युवा क्लवले आफ्नो पहिलो बार्षिकत्सव विविध कार्यक्रम सहित मनाउने भएको छ । पर्वतको फलेवास नगरपालिका–११ पाङराङमा स्थापना भई विभिन्न सामजिक एवम् रचनात्मक कार्य गदै आएको क्लवले महाशिव रात्री पर्वको अवसर पारेर कार्यक्रम आयोजना गरेको हो ।

‘यहि फागुन ४ देखी ९ गतेसम्म पर्वतको सिर्काङ्गमा जाऔँ विविध खेलकुद तथा साँस्कृतिक एवम् महाशिवरात्री मेलामा रमाऔँ’ भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा वडा स्तरिय भलिवल प्रतियोगिता, भजन प्रतियोगिता (पाङराङ वडा भित्रको) छेलो फाल्ने प्रतियोगिता, पाङराङ भित्रका प्रावि स्तरिय हाजिरी जवाफ प्रतियोगिता हुने कार्यक्रम संयोजक सन्तोष केसीले जानकारी दिनुभयो । उहाँका अनुसार फागुन ९ गते महाशिवरात्रीको दिन राष्ट्रियस्तरका कलाकार सुदिप क्षेत्री, हाँस्य कलाकार सन्दिप पाठक र प्रदिप गाउँले लगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहने छ ।

प्रकाशित मिति २५ माघ २०७६, शनिबार ०८:३६