कोरोनाबाट मृत्यु हुनको संख्या ७२३ पुग्यो

माघ २५, पर्वत । चीनको हुबेइ प्रान्तबाट सुरु भएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७२३ पुगेको छ । मृत्यु हुनेको संख्या दैनिक वृद्धि भइरहेको छ । अत्यधिक रुपमा फैलिरहेको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करीब ३४ हजार ५ सय ९८ पुगेको सिटिएनले उल्लेख गरेको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार यस अघि २४ घण्टादेखि मध्य रातको अवधिमा ७३ मानिसहरुको मृत्यु भएको थियो । वुहान र त्यस वरपरको प्रान्तमा भाइरसका कारण मृत्यु हुनेको संख्या बढेको छ । यस बाहेक उत्तर पूर्वीको तियानजिन तथा हेलोङजियाङ र दक्षिण पश्चिमको गुइझौमा अन्य तीनजनाको मृत्यु भएको छ।

चीनबाहेक अन्य देशमा हालसम्म दुईजनाको मृत्यु भएको छ । ती ध्ये एक फिलिपिन्स र अर्को हङकङका नागरिक हुन् । कोरोना भाइरस फैलिनसक्ने र त्यसले मानवीय क्षति गर्न सक्ने पहिलो पटक चेतावनी दिएका चिनिया चिकित्सकको कोरानाकै कारण ज्यान गएको छ । ३४ वर्षीय नेत्र रोग विशेषज्ञ ली वेन्लियाङको भाइरस संक्रमणकै कारण मृत्यु भएको हो ।

वेन्लियाङ वुहान सेन्ट्रल हस्पिटलमा कार्यरत रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। उनले पहिलो पटक डिसेम्बर ३० मा भाइरस संक्रमण भयावह रूपमा फैलिन सक्ने चेतावनी दिएका थिए। साभार–अन्नपूर्ण पोष्टवाट

प्रकाशित मिति २५ माघ २०७६, शनिबार १४:०४