भ्रुण हत्याको उजुरीपछि नेकपाबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष चेम्जोङ सहित ४ जना सम्पर्कविहीन

माघ २५, काठमाडौँ । दवावमा २१ हप्ताको भ्रुण हत्या गराएको विषय सार्वजनिक भएपछि संलग्न भनिएका कुम्मायक गाउँपालिकाका अध्यक्षसहित चार जना सम्पर्कविहीन भएका छन् । पीडित युवतीले जिल्ला प्रहरी कार्यालयमा ७ जनाविरुद्ध उजुरी दिएपछि गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङसहित चार जना सम्पर्कविहीन भएका हुन् । चेम्जोङ स्थानीय तहको निर्वाचनमा तत्कालिन एमालेवाट बिजयी भएका थिए ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारी प्रहरी निरीक्षक रोहनराज अर्यालका अनुसार उनीहरूको खोजी भइरहेको छ । उनले भने, ुउजुरी परेकाहरूको खोजी गरिरहेका छौँ ।ु अनुसन्धानमा फिदिमस्थित समर्पित हस्पिटल परिषरमा प्रहरीले विकसित नभएको बच्चा ९भ्रुण० फेला पारेको थियो । प्लाष्टिकमा पोको पारेर माटोमा पुरेको अवस्थामा बच्चा फेला परेको हो ।

फेला परेका शिशु आकारको वस्तु परीक्षणका लागि पठाएको प्रहरीले जनाएको छ । उक्त अस्पतालमा गत २६ पुसमा कुम्मायकाकै १९ वर्षीय युवतीको २१ हप्ताको गर्भपतन गराइएको थियो । गर्भपतन गाउँपालिकाका अध्यक्ष चेम्जोङको दवावमा गरिएको युवतीको दाबी छ । सोही गाउँपालिकाको स्याबरुम्बाका रमेश खड्कासँग अन्तरजातीय प्रेम विवाह गरेकी युवती गर्भवती भएपछि अध्यक्ष चेम्जोङसहित रमेशको परिवारले दवाव दिएर गर्भपतन गराएको भन्दै युवतीले जाहेरी दिएकी छन् ।

यसैबीच आरोपित ७ जनामध्ये ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति २५ माघ २०७६, शनिबार १४:२८