संघीयताको बिषयमा पुर्नबिचार गर्न सकिने नेकपा अध्यक्ष प्रचण्डको भनाई

माघ २५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीयताको बिषयमा पुर्नबिचार गर्न सकिने बताउनुभएको छ । आफूले संघीय लोकतान्त्रिक गणतन्त्रको मार्गचित्र कोर्दै गर्दा सोचेजस्तो संघीयता नआएको भन्दै उहाँले सम्झौता गर्दै जाँदा अर्कै संघीयता भएको बताउनुभयो ।

नुवाकोटको पञ्चकन्या गाउँपालिका आयोजित एक कार्यक्रममा प्रचण्डले अहिले भएका संरचनामा देशभरी असन्तुष्टि रहेको उल्लेख गर्नुभयो । यस्तै उहाँले भोलि हेरफेर हुनसक्ने सम्भाबना रहेको बताउँदै धैर्य गरेर बस्न आग्रहसमेत गर्नुभयो ।

केन्द्रीय राजधानी सार्ने बिषयमासमेत छलफल भइरहेको अवस्थामा प्रदेश राजधानी सार्न नसकिने भन्ने नरहेको प्रचण्डले बताउनुभयो ।
यस्तै प्रचण्डले अराजकता सिर्जना नहोस् भनेर हेटौंडालाई नै वागमती प्रदेशको राजधानी कायम गरेको बताउनु भएको छ ।

उहाँले प्रदेशको मुकाम हेरफेर गर्दा देशैभर अराजकता सिर्जना हुने भयले हेटौंडालाई नै कायम गरिएको बताउनुभयो । वागमती प्रदेशको पार्टी नेतृत्व र सरकारले नै पार्टीलाई सहजीकरण गरिदिनूस् भनेर आग्रह गरेकाले अग्रसरता लिएको बताउनुभयो । अहिले परिस्थितिको सम्बोधन गरिएकाले अपरिवर्तनीय भने नभएको उहाँको भनाइ छ ।

प्रकाशित मिति २५ माघ २०७६, शनिबार १४:५०