ओमानले टस जित्यो, नेपाललाई ब्याटिङको निम्तो

माघ २५, काठमाडौं । आईसीसी वर्ल्डकप लिग टू अन्तरगत त्रिकोणात्मक सिरिजमा ओमानले टस जितेको छ र नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।

खेल केहीबेरमा त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

आज नेपाली टोलीमा एक खेलाडी परिर्वतन गरिएको छ । बलर अभिनाश बोहोराको स्थानमा कमलसिंह ऐरी आएका छन् । सिरिजको पहिलो खेलमा नेपाल, ओमानसँगै पराजित भएको थियो । तर दोस्रो खेलमा शनिबार अमेरिकालाइ ३५ रनले हराएको छ ।

प्रकाशित मिति २६ माघ २०७६, आईतवार ०३:४६