प्रदेश २ सबैभन्दा गरिब

माघ २५, काठमाडौँ । सबैभन्दा बढी गरिबी प्रदेश २ मा देखिएको छ । प्रदेश २ को नीति आयोगले गरिबीको दर उच्च रहेको र मानव विकास सूचकांक निकै खस्किएको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा सबैभन्दा बढी बहुआयामिक गरिबी दर झन्डै ४८ प्रतिशत छ । गास। बास, कपासको समस्या र बिरामी हुँदा उपचार गराउन नसक्ने अवस्थालाई बहुआयामिक गरिबीको सूचीमा राखिएको छ । प्रदेशको नीति आयोगको पञ्चवर्षीय योजनाको आधारपत्रमा बहुआयामिक गरिबी दर ४७।९ प्रतिशत छ । नेपालको बहुआयामिक गरिबी दर २८।६ प्रतिशत छ ।

बहुआयामिक गरिबीमा प्रदेश २ दोस्रो नम्बरमा छ । आर्थिक गरिबी दर प्रदेशमा २७।७ प्रतिशत छ । नेपालको समग्र आर्थिक गरिबी २५।२ प्रतिशत छ । आर्थिक गरिबी दरमा प्रदेश २ तेस्रो नम्बरमा छ । मानव विकास सूचकांकमा भने पुछारमा छ । साभार–अन्नपूर्ण पोष्टवाट

प्रकाशित मिति २६ माघ २०७६, आईतवार ०४:०१