कम्युनिस्टले देश कव्जा गर्दैछन् : नेता पौडेल

माघ २६, काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए। लोकतान्त्रिक तथा संवैधानिक मान्यतालाई भत्काउँदै कम्युनिस्ट पार्टी र सरकार देशलाई नै कव्जा गर्ने दिशातर्फ लागेको उनको तर्क छ।

शनिबार झापा क्षेत्र नं।५ मा कांग्रेस कमल गाउँ समितिले गाउँ समिति, कमलले गरेको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले लोकतन्त्रको मर्म र भावनाविपरीत सरकारले संवैधानिक अंगलाई आफ्नो छाया मात्र बनाएको जिकिर गरे। भ्रष्टाचारको मुद्दामा पार्टीको नेता र कार्यकर्ता भएकै कारण कसैलाई उन्मुक्ति दिइएको र केहीलाई फरक पार्टीको भएकै कारण पूर्वाग्रही रुपमा मुद्दा चलाइएको उनको भनाई थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र स्वतन्त्र न्यायपालिकामाथि समेत कब्जा जमाएर सरकार आफ्नालाई जोगाउने र प्रतिस्पर्धीलाई ठेगान लगाउने नीतिमा अघि बढेको उनले बताए। नेता पौडेलले कांग्रेसले विरोधका लागि मात्रै सरकारको विरोध नगरेको दाबी गरे। पाँच वर्षको स्थिर सरकारले केही नौलो काम गर्न नसकेको उनको भनाइ छ।

प्रकाशित मिति २६ माघ २०७६, आईतवार ०४:४२