ओमानसँग हार्‍यो नेपाल

माघ २६। काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपाल लगातार दोस्रो पटक घरेलु मैदानमा ओमानसंग पराजित भएको छ । पहिले ब्याटिङ गरेर २४९ रन बनाए पनि राम्रो बलिङ गर्न नसक्दा नेपाल पराजित भयो ।

उपकप्तान अकिब इल्यासको अलराउण्डर प्रदर्शनमा ओमानले नेपाललाई ८ विकेटले पराजित गरेको हो । इल्यासले बलिङमा ४ विकेट लिँदा ब्याटिङमा शतक प्रहार गरे । इल्यास र कप्तान जिसान मक्सुदले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरेपछि ओमानको जीत सहज बनेको हो ।

दुई पटक ‘जीवनदान’ पाएका अकिब इल्यासले अविजित १०९ रन बनाए । उनलाई २५ औं ओभरको पाँचौ बलमा आरिफ शेख र ३३ औं ओभरको तेस्रो बलमा दीपेन्द्र सिंह ऐरीले क्याच छाडेका थिए ।

त्यसअघि उपकप्तान ज्ञानेन्द्र मल्लको अर्धशतक प्रेरित नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनाएको थियो । जुन एकदिवसीय अन्तर्राष्ट्रिय ९ओडीआई० क्रिकेटमा नेपालको दोस्रो ठूलो स्कोर हो । तर घरेलु मैदानमा घरेलु दर्शकको साथ पाएको नेपालले ओमानी ब्याट्सम्यानको विकेट झार्न नसक्दा ७ वर्षपछि पराजित गर्ने सपना अधुरै रह्यो ।

प्रकाशित मिति २६ माघ २०७६, आईतवार ११:१६