तरुण दल पर्वतको प्रधानमन्त्रीलाई चेतवानी सहितको पत्र : ‘बालुवाटार जग्गा प्रकारणमा संलग्न सबैलाई कारबाही गर्नुपर्छ’


गण्डकी संचार, पर्वत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवास जग्गा काण्डमा पूर्व उपप्रधानमन्त्री एंवम् नेपाली काँग्रेसका उपसभापति बिजयकुमार गच्छेदारलाई प्रतिशोधका आधारमा मुद्धा चलाएको भन्दै नेपाल तरुण दल पर्वतले प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएको छ । नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दल पर्वतले आज पर्वतका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
‘बहुचर्चित ललिता निवास जग्गा प्रकरण सम्वन्धमा अख्तियारले चालेको कदमलाई नियालेर हेर्दा यो पुरै राजनिति प्रतिशोधको उद्देश्यले आएको छ । जसको अध्यक्षतामा कार्यक्रमहरु भए, उसलाई छुट र जो केवल सिफारिस मात्र गरेको हो, उसैलाई कारबाही यो असह्रय कुरा हो विज्ञाप्तीमा भनिएको छ ।’
नेपाल कम्युनिष्ट पार्टीको महासचिव विष्णु पौडेलका छोराको नाउँमा रहेको जग्गाफिर्ता गर्छु भनेका आधारमा उनलाई उन्मुक्ति दिने, नेपाली काँग्रेसका व्यक्तिलाई छानीछानी कारबाहीको दारयरमा ल्याउनु सरकार र अख्तियार सुनिश्चित उद्देश्य रहेकोप्रति तरुण दलले कडा आपत्ती जनाएको छ । नेपाल तरुण दल पर्वतका सचिव अमृत ठाकुरीद्धारा हत्ताक्षरित ज्ञापनपत्रमा बालुवाटार जग्गा प्रकारणमा मुछिएका सवै व्यक्तिलाई कारवाहि हुनुपर्ने माग गरिएको छ ।
अख्तियार दुपयोग अनुसन्धान आयोग सरकारको छाँयाककको रुपमा रुपान्तरित भएको तरुण दलको आरोप छ । तरुण दलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै सरकार र अख्तियार नसच्चिए भोलीदेखी अनेकौँ संघषका कार्यक्रम अगडी बढाउने उक्त विज्ञाप्ती मार्फत सरकारलाई ज्ञापनपत्र मार्फत चेतवानी समेत दिएको छ ।

प्रकाशित मिति २६ माघ २०७६, आईतवार १२:३९