तरुण दलका केन्द्रिय कोषाध्यक्ष गुरुङकोे चेतवानी–‘अख्तियार सरकारको हतियार बन्यो भने हामी कार्यालय घेर्छौ’

पर्वत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेतालाई बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणमा उन्मुक्ति दिएको भन्दै नेपाल तरुण दलले बिरोध प्रदर्शन गरेको छ । आइतबार तरुणदलले माइतीघबाट नयाँबानेश्वरसम्म बिरोध ¥याली गरेको हो । सभालाई सम्वोधन गदै पाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले तरुण दल आफ्ना नेतालाई बचाउन सडकमा नआएको जिकिर गरे । उनले भने ‘कसैलाई काखा कसैलाई पाखा गर्ने अख्तियारको कदमको विरोध गर्न आएका हौं,’ । नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले आफूहरू प्रदर्शनमा उत्रिनुको कारण प्रस्ट्याउँदै प्रश्न गरे, ‘मन्त्रिपरिषद्मा निर्णय गर्ने माधव नेपाल, कारबाही गच्छदारलाई ? मुख्यसचिवलाई नहुने, सचिवलाई कारबाही हुने ?’

सभालाई सम्बोधन गदै नेपाल तरुण दलका केन्द्रिय कोषाध्यक्ष विद्धान गुरुङले अख्तियारलाई राज्यको सवैधानिक अंग बन्न सुझाव दिएका छन् । सम्बोधनमा आक्रोशित मुद्रामा देखिएका गुरुङले अख्तियार सरकारको हतियार बन्यो भने तरुण दलले अख्तियारका कार्यालय घेर्न चेतवानी समेत दिए । अख्तियारले पुर्वाग्राही बनेर सत्ताधारी दल नेकपाका नेताहरुलाई जोगाइ प्रतिपक्षी दलका नेताहरुलाई सिध्याउने नियतले गच्छदारमाथि मुद्धा लगाएको उनको आरोप थियो । बालुवाटारको जग्गा अनियमिता बारे निष्पक्ष छानविन गर्न माग गदै नेता गुरुङले भष्ट्राचारको नाममा काँग्रेस नेताहरुलाई छानीछानी आरोप लगाएको गुनासो गर्नुभयो । उनले गच्छदारको मुद्धा फिर्ता गराउन प्रदर्शनमा नउत्रिएको स्पष्ट पादै अख्तियार पूर्वाग्रही रूपमा लागेर कसैलाई काखा र कसैलाई पाखा गर्न उद्दत रहेका कारण सडक संघर्षमा उत्रिएको प्रस्ट्याए । उनले ललिता निवासको जग्गाको लालपुर्जा लिने नेकपाका महासचिव विष्णु पौडेल र उनका छोरा नवीन पौडेललाई पनि कानुनी दायरामा ल्याउन माग गरे ।


तरुण दलले देशैभरका जिल्ला सदरमुकाममा पनि विरोध प्रदर्शन गरेको छ । कम्युनिष्ट पार्टीले गोटी बनाउने लागेसँगै नेपाली कांग्रेसका भ्रातृ संस्थाहरु बिरोधमा उत्रिएका छन् ।तरुण दल अध्यक्ष जितजंग बस्नेतको नेतृत्वमा भएको प्रदर्शनमा ’दुई तिहाइको दम्भ देखियो, न्यायको घाँटी रेटियो, कठै अख्तियार, नेकपासामु लम्पसार’,विभेद गर्न पाइँदैन, कठपुतली अख्तियार चाहिँदैन, ‘नेपाल, पौडेल ओलीका यार, गच्छदार फसाउन लाग्यो अख्तियार,’ जस्ता नारा लगाइएका थिए । आयोगले लगाएको भ्रष्टाचारको मुद्दा दुराशयपूर्ण रहेको भन्दै नियतबस गरिएको कार्वाहीको विरुद्धमा आफ्ना भ्रातृ संगठनहरुलाई परिचालन गर्ने निर्णय गरेसंगै तरुणदल, नेबिसंघ लगायत कांग्रेस भ्रातृ संस्थाहरु प्रदर्शनमा होमिएका छन् ।कांग्रेसले जग्गा प्रकरणमा विजय कुमार गच्छदार दोषि देखिनु तर तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालबिरुद्ध मुद्दा नलाइनुले राजनैतीक प्रतिशोध तथा अख्तियारको बदनियतको बिरोध गर्दै आएको छ ।

प्रकाशित मिति २६ माघ २०७६, आईतवार १५:४०