नेपाल तरुण दल लेखफाँटको अध्यक्षमा रामचन्द्र काकी


गण्डकी संचार । नेपाल तरुण दल जलजला गाउँपालिकाले संगठन विस्तार अभियानमा तिव्रता दिएको छ । अभियान अन्तर्गत आईतवार जलजला गाउँपालिका–५ लेखफाँटमा नेपाल तरुण दल वडा कार्य समिति गठन गरेको छ । समितिले रामचन्द्र कार्कीको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो ।

जसको उपाध्याक्षमा जनक पौडेल, महिला उपाध्याक्षमा पवित्रा पुन, अर्को उपाध्याक्षमा बाबुराम विक, सचिवमा कृष्ण केसी, कोषाध्याक्षमा सविना सुवेदी, सहसचिवमा रमेश सुवेदी चयन हुनुभएको छ ।

समितिको सदस्यमा दिनेश नेपाली,कृष्ण सुवेदी, बासुदेव रेग्मी, अमर पुन, खेमन पुन, डिलवहादुर पुन, रामप्रसाद पुन, गेमवहादुर पुन, रामवहादुर पुन, विनोद पौडेल, रमेश रेग्मी, विनोद पुन, सागर जिसी र सुमन जिसी चयन हुनुभएको नेपाल तरुण दल जलजला गाउँपालिका सचिव पूर्ण बरुवालले जानकारी दिनुभयो । नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना दिँदै नेपाल तरुण दल जलजला गाउँपालिकाका अध्यक्ष प्रकाश पुनले तरुणहरुलाई रचनात्मक एवम् सामजिक कार्यमा लाग्न सुझाव दिनुभयो ।

प्रकाशित मिति २६ माघ २०७६, आईतवार १६:२७