पर्वतका पुरन गिरी एनआरएनएको  केन्द्रिय मानार्थ परिषद सदस्यमा मनोनीत

माघ २६, पर्वत । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रिय मानार्थ सदस्यमा पर्वतका पुरन गिरी मनोनित हुनुभएको छ । पर्वतको कुश्मा जन्मिएर लामो समयदेखी यूकेमा बस्दै आउनु भएका गिरीलाई यूरोप क्षेत्रबाट एनआएनएको केन्द्रिय मानार्थ परिषद सदस्यमा मनोनित गरेको हो । संघका केन्द्रिय अध्यक्ष कुमार पन्तले मानार्थ परिषद संघको विद्यानको धारा १७ (८) अन्तर्गतको अधिकार प्रयोग गदै गिरीलाई केन्द्रिय मानार्थ सदस्यमा मनोनित गर्नुभएको हो । गिरी अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष समेत हुनुहन्छ । लामो समयदेखी एनआरएनएको सदस्य बन्नुभएको गिरीलाई लगनशील, इमान्दार र सामजिक सेवामा सक्रिय भएकै आधारमा केन्द्रिय मानार्थ सदस्यमा मनोनित गरिएको हो । त्यस्तै गिरिलाई गैरआवासीय संघ यूकेकाे सल्लाहकारमा समेत चयन गरिएको छ । गण्डकी संचारसँग कुराकानी गदै गिरीले आफुलाई संघको शनिवार सम्पन्न पदाधिकारी बैठकले केन्द्रिय मानार्थ परिषद सदस्यमा सदस्यमा मनोनित गरेको जानकारी दिनुभयो । उहाँले आफुलाई योग्य ठानेर एनआरएनए जुन जिम्मेवारी दिएको छ, त्यो कुशलता पूर्वक निर्वाह गर्ने बताउनु भयो ।

प्रकाशित मिति २६ माघ २०७६, आईतवार १८:२०