कांग्रेस केन्द्रीय समिति बैठक : यस्ता छन् एजेन्डा ?

माघ २७, काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार बसेको छ। असन्तुष्ट पक्षको विरोध र बहिष्कारबीच पुस ११ गते बसेको बैठकले निलम्बन गरेका विधानका धाराहरुको बारेमा छलफल गर्नेलगायत एजेन्डा छन्।

असन्तुष्ट पक्षको मागलाई समेत सम्बोधन गर्ने गरी निलम्बित धाराहरु फुकुवा गर्ने वा कायम राख्‍ने बारेमा अध्ययन गर्न बनाइएको कार्यदलले प्रतिवेदन पेस गर्दैछ।

कांग्रेस बैठकले पुस ११ गते पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा ७१ र ५० (५) बमोजिम पार्टीको आगामी अधिवेशन र महाधिवेशनको प्रयोजनका लागि धारा ४ (२), धारा ४ (१०) (ञ), धारा ४ (१२) (ख), धारा ३५ (२) (घ) र धारा ५ (९६) निलम्बन गरेको थियो। महाधिवेशनलाई प्रभावित गर्न क्रियाशिल सदस्यता वितरणलाई खकुलो बनाउन धारा निलम्बित गरेको आरोप असन्तुष्ट पक्षले लगाएको थियो।

प्रकाशित मिति २७ माघ २०७६, सोमबार १५:१३