चिनमा रहेका नेपालीलाई वाइडबडी विमानबाट ल्याइँदै

माघ २७, काठमाडौँ । सरकारले कोरोना भाइरस फैलिएको चीनको हुवेइ प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० को वाइडबडी ए–३३० विमान चीन पठाउने तयारी गरेको छ ।

चीनमा कोरोनाको सम्भावित जोखिमबाट बच्नका लागि स्वदेश फर्कने नेपालीलाई विमानमार्फत ल्याउने सम्बन्धमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमका पदाधिकारीबीच छलफल भएको थियो। निगमले अबको एक÷दुई दिनभित्रै आफ्नो वाइडबडी विमान चीन पठाउने तयारीमा रहेको जनाएको छ ।

प्रकाशित मिति २७ माघ २०७६, सोमबार १५:२१